शुक्रबार सुनको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले बढेर एक लाख तीन हजार ९०० रुपैयाँ पुगेको हो । बिहिबार छापावाल सनु प्रतितोला एक लाख तीन हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, हिजो प्रतितोला एक लाख दुई हजार ९०० रुपैयाँमा कारोबार भएका तेजावी सुन आज एक लाख तीन हजार ४०० रुपैयाँमा किनबेच भइरहेको छ ।
महासंघका अनुसार आज चाँदी पनि तोलामा पाँच रुपैयाँ बढे एक हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया