Logo

बैंक / बिमा /शेयर

ग्लोबल आइएमई बैंकलाई ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रि गर्न बोर्डको अनुमति


GDP नेपाल
   १ माघ २०७९, आइतबार


ग्लोबल आइएमई बैंकलाई ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रि गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ५० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । यसमध्ये २० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ३० लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

यस ऋणपत्रमा वार्षिक ११.२५५ ब्याजदर पाइनेछ । बैंकले ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४–८५’ जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यपिटलले गर्नेछ ।

प्रकाशित : १ माघ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह