मंगलबारदेखि कालिन्चोक दर्शनले सर्वसाधारणका लागि आईपीओ बिक्रि खुला गर्ने भएको छ । कम्पनीले १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।
जसमध्ये ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् २१ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । यस्तै, कम्पनीले यसमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ । मंगलबार बाँकी ८ लाख ९६ हजार ४०० कित्ताका सर्वसाधारणका लागि खुला गरिने छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताको लागि माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङे गर्नेछ ।










प्रतिक्रिया