Logo

बैंक / बिमा /शेयर

सनराइज बैंकको खुद नाफा १२ प्रतिशतले घट्यो


GDP नेपाल
   ८ माघ २०७९, आइतबार


सनराइज बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासीक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

वित्तिय विवरण अनुसार दोस्रो त्रैमाससम्मा बैंकको खुद नाफा १२.२८ प्रतिशतले घटेको छ । गत आवको यसै अवधिमा ७४ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल यस बैँकले यस वर्ष ६५ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको योग्य नाफा २२ करोड १८ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

यस्तै, खुद ब्याज अमम्दानी ५९.३० प्रतिशतले बढ्दा सञ्चालन नाफा १२.२८ प्रतिशतले घटेको छ । हाल यसको चुक्ता पुँजी १० अर्ब ११ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ७ अर्ब १२ करोड रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ८१ पैसाले घटेर १२ रुपैयाँ ९३ पैसामा झरेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७४ पैसा रहेको थियो ।

प्रकाशित : ८ माघ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह