Logo

बैंक / बिमा /शेयर

कालिन्चोक दर्शनको आइपीओ बाँडफाँट


GDP नेपाल
   १९ माघ २०७९, बिहिबार


कालिन्चोक दर्शनको आइपीओ बाँडफाँट भएको छ ।

गोलाप्रथामार्फत भएको बाँडफाँडमा ८९ हजार ६४० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । आइपीओ कुल १४ लाख ७३ हजार ९६९ आवेदन परेको थियो । जसमध्ये ८ हजार २०६ जनाको आवेदन रद्द भएको थियो ।

कम्पनीले माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आइपीओ जारी गरेको थियो । जसमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन भइसकेको छ । यस्तै, ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् २१ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणलाई बिक्री खुला गरेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको हो ।

प्रकाशित : १९ माघ २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह