Logo

कर्पोरेट-बजार

प्राधिकरणले रोक्यो गुण एयरलाइन्सको उडान


GDP नेपाल
   ९ फाल्गुन २०७९, मंगलबार


नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निजी क्षेत्रको गुण एयरलाइन्सको विमानको उडान रोक्ने निर्णय गरेको छ ।

एयरलाइन्सको वित्तीय व्यवस्थापकीय कमजोरी तथा हवाई सुरक्षामा पर्नसक्ने जोखिमलाई मध्यनजर गरी उडान रोक्ने निर्णय भएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गुण एयरलाइन्सको आर्थिक व्यवस्थापकीय कमजोरी देखिएकोले कार्यरत कर्मचारीको मनोबल उच्च राख्न नसक्ने कारणले हवाई सुरक्षा जोखिमलाई मध्यनजर गरेर प्राधिकरणले कम्पनीका उडान रोक्का गर्ने निर्णय गरेको छ ।”

एयरलाइन्सले आर्थिकरूपमा सबल रहेको भनेर नआएसम्म पुनःउडान नहुने पनि प्रवक्ता निरौलाले स्पष्ट पार्नुभयो । निर्णयअनुसार गुणका सात वटै विमानले सोमबारदेखि नै उडान भर्न पाएका छैनन् ।

प्रकाशित : ९ फाल्गुन २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह