काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ । गोलाप्रथामार्फत भएको बाँडफाँटमा १ लाख ८४ हजार ५०० आवेदकहरुले सेयर पाएका छन् ।
आइपीओमा कुल १८ लाख ३० हजार ८५७ आवेदकले २ करोड ३२ लाख २ हजार ५४० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये ८ हजार ४५२ जनाकोआवेदन रद्द भएको थियो भने बाँकी १ लाख ८४ हजार ५०० आवेदकहरुले सेयर पाएका छन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक कुमारी क्यापिटको वेबसाइट, मेरोसेयर एकाउन्ट, इन्स्योरेन्सको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट रिजल्ट हेर्न सक्नेछन् ।
प्रतिक्रिया