Logo

बैंक / बिमा /शेयर

कुमारी बैंकले ल्यायो जीवन बिमा सुविधासहितको मुद्दती खाता योजना


GDP नेपाल
   २ चैत्र २०७९, बिहिबार


कुमारी बैंकले जीवन बीमा सुविधासहितको थप मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ ।

बैंकले ग्राहकको मुद्दती रकम २ गुणा वृद्धि हुनुका साथै आवधिक जीवन बिमामार्फत् जोखिम व्यवस्थापन गर्ने अवसरसमेत प्रदान गर्ने सेवा ल्याएको हो । बैंकले कुमारी जीवन बिमा दुई गुणा मुद्दती खाता प्लसमा ६ वर्ष आठ महिना नौ दिनमा मुद्दती रकम दुई गुणा हुने व्यवस्था गरेको जनाएको छ ।

योजनाअन्तर्गत मुद्दती रकमबराबरको आवधिक जीवन बिमा सुविधाबापत लाग्ने शुल्क बैंकले नै भुक्तानी गर्ने जनाइएको छ । उक्त योजनामा १८ देखि ५० वर्ष उमेर समूहका ग्राहकले न्यूनतम ५० हजार रुपैयाँ वा सोभन्दा माथिको मुद्दती खाता खोल्न सक्नेछ ।

योजनाअन्तर्गत मुद्दती निक्षेपकर्ताले अधिकतम एक करोड रुपैयाँसम्मको जीवन बिमा सुविधा प्राप्त गर्न सक्ने उल्लेख छ । ग्राहकहरूले निक्षेप अवधिसम्मका लागि जीवन बिमा सुरक्षण प्राप्त गर्नुका साथै सोही अवधिमा मुद्दती रकम दुई गुणा वृद्धि हुने बैंकले जनाएको छ । योजनाको बिमा प्रदायक कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको उल्लेख छ । जीवन बिमा सुविधासहितकोे मुद्दती निक्षेप योजना नेपालमै पहिलोपटक भएको बैंकको दाबी छ ।

प्रकाशित : २ चैत्र २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह