Logo

बैंक / बिमा /शेयर

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा १० प्रतिशत छुट


GDP नेपाल
   ३ चैत्र २०७९, शुक्रबार


ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकले मेट्रो मार्टका काठमाडौंभित्रका स्टोरहरूबाट स्मार्ट क्युआरमार्फत सामान किन्दा १० प्रतिशतसम्म डिस्काउन्ट पाउने भएका छन् ।

बैंकले सार्वजनिक गरेको योजनाअनुसार ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट मेट्रो मार्टमा राखिएका स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत डिस्काउन्ट पाउने जनाएको छ । यो छुट एकपटकको खरिदमा अधिकतम एक सय रुपैयाँ र योजना अवधिभर तीन सय रुपैयाँ पाउने जनाइएको छ ।

योजना सीमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा र पेप्सीकोलाका स्टोरहरूमा लागू हुने बैंकले जनाएको छ ।

बैंकले हाल देशका ७७ वटै जिल्लामा तीन सय ६४ शाखा, तीन सय ६३ एटिएम, तीन सय २१ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन साथै राजस्व काउन्टरका साथै तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।

प्रकाशित : ३ चैत्र २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह