Logo

Banner-news

लाइसेन्स राज छिचोल्दै जन्मेको ‘देउराली जनता’ देशकै नमूना औषधि उद्योग !


appharu
   १६ माघ २०७५, बुधबार


काठमाडौं । पञ्चायती शासनकाललाई ‘लाइसेन्स राज’ भनिन्थ्यो । राजाका नजिकका मान्छेले मात्रै फाइदाजनक व्यवसाय गर्न पाउने अवस्थामा सामान्य नागरिक हरिभक्त शर्मा र उनको समूहले नेपालमै औषधी उद्योग खोल्ने आँट गर्दा तत्कालीन सरकारी प्रशासन उनीहरुप्रति सकारात्मक थिएन ।

करिब ३ वर्षसम्मको प्रशासनिक झमेला बेहोर्दै उनले वि. सं. २०४५ सालमा औषधी उद्योग संचालन गर्ने लाइसेन्स पाए । तर, यो कम्पनीले २०४७ माघ १६ मा मात्र पहिलोपटक औषधि उत्पादन ग¥यो र सोही दिनलाई वार्षिकोत्सवका रुपमा मनाउन थालिएको हो । जुन आज २८ वर्ष पूरा भइसकेको छ ।

“कार्पेट र गार्मेन्टको मात्रै ‘स्कोप’ भएको त्यो बेला प्रविधिजन्य उत्पादनमुलक उद्योगमा हात हाल्ने मेरो सोचाइको औचित्य अहिले पुष्टि भएको छ” पुराना दिन सम्झँदै शर्मा भन्छन्, “संवेदनशील क्षेत्रमा राम्रो प्रविधि प्रयोग गरेर हामीले आफ्नो औचित्य सावित गरेका छौं ।”

शर्मा र उनको समूहले स्थापना गरेको देउराली जनता फर्मास्यूटिकल्स बुधबार २८ बर्ष पूरा भएको छ । झन्डै तीन दशकको अवधिमा यस कम्पनीले १ अर्ब ६४ करोड रुपैयाँ लगानी गरिसकेको छ । जुन नेपालको औषधि उद्योगमा भएको बिरलै लगानी मानिन्छ । जसमध्ये स्थिर पुँजीमा ७० करोड र चालू पुँजीमा ९३ करोडभन्दा बढी छ ।

आफ्नो समूहले भोगेका अनुभवलाई नै नीति बनाएर कम्पनीको क्षमता अभिवृद्धि गरिरहेका शर्मा नेपाल उद्योग परिसंघका अध्यक्षसमेत हुन् र मुलुकमा उद्यमशीलताका गुरु पनि ।

“हामीले कम्पनी स्थापना गर्दादेखि नै असामान्य चुनौती बेहोर्नुप¥यो” शर्मा भन्छन्, “यो दुई दशक नेपालको आर्थिक र राजनीतिक क्षेत्रमा अत्यन्त उतारचढाव रहे पनि देउराली जनता निरन्तर अघि बढीरह्यो ।”

त्यसो त कम्पनी स्थापनालगत्तै नेपालमाथि भारतले आर्थिक नाकाबन्दी लगाएको अवस्था पनि बेहोर्नुपरेको थियो । सरकारी स्वामित्वको तत्कालीन शाही औषधी लिमिटेडसहित अरु ४ कम्पनीसँग प्रतिस्पर्धा त छँदैथियो ।

संचालनको २८ बर्षको अनुभवसँगै कम्पनीले बिदेशी कम्पनीसँग प्रतिष्पर्धा र स्वदेशमा गुणस्तरिय औषधी उत्पादन गरेर अन्तराष्ट्रिय ब्राण्ड कायम गर्ने योजना बनाएको छ ।

कम्पनीले हाल वार्षिक १५ लाख लिटर झोल औषधि, १२ करोडको संख्यामा ट्याब्लेट, ८ करोड ५० लाख गोटा क्याप्सुल, ३ लाख केजी ड्राइ पाउडर र १ करोड ट्युब मल्हम उत्पादन गर्दछ । यसले कुल ३२० प्रकारका औषधि उत्पादन गर्दछ ।
करिब ५ सय ७ जनालाई रोजगारी दिइरहेको उद्योगसँग काठमाडौंको धापासीमा २० हजार वर्गफिटमा फैलिएको उच्च वैज्ञानिक उपकरणयुक्त अनुसन्धान तथा विकास केन्द्र रहेको छ ।

स्वदेशमा गरेको लगानीलाई सरकारले कहिल्यै प्रोत्साहन नगरेको गुनासो गर्दै बिदेशी आयातलाई बिस्थापन गर्नैगरी क्षमता अभिबृद्धि गर्न कम्पनी जुटेको शर्मा बताउँछन् ।

विशाल छिमेकी मुलुक चीन र भारत जस्ता मुलुकको बजारलाई आकंलन गर्दै नेपालका उत्पादनमुलक उद्योगमा लगानी गर्न सकिने अवस्था पनि छ । आगामी दिनमा कम्पनीले अन्तराष्ट्रिय बजारमा समेत निर्यात गर्नेगरी लगानी र जनशक्तीको क्षमता अभिबृद्धि गर्न ध्यान दिएको छ ।
देउराली जनताले लगानी र बिक्रिका आधारमा आपूmलाई नम्बर एक घोषणा गरेको छैन । तर प्रविधिका दृष्टिकोणले भने नेपालमा संचालित अरु औषधी उद्योगको तुलनामा कम्पनी धेरै अघि छ ।
नेपाली कम्पनीले खपत औषधीको ४५ प्रतिशत माग आपूर्ति गर्न सफल छन् । बिश्व स्वासथ्य संगठन (डब्लुएचओ) को स्तर कुशल उत्पादन पक्रिया (जीएमपी) मापदण्ड अनुसार नेपाली औषधी कम्पनी उत्पादन गर्न सफल रहेका छन् ।

आयात प्रतिस्थापन र निर्यात नै औषधि उद्योगको रणनीति हुनुपर्ने अवस्थामा देउराली जनताले यस्तो सम्भावना पक्कै देखाएको छ ।

प्रकाशित : १६ माघ २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह