Logo

मुख्य समाचार

अर्थतन्त्र सुधार्न सीएनआईको अवधारणामा प्रधानमन्त्री र गर्भनरले समर्थन गर्ने विश्वास छः अग्रवाल


GDP Nepal
   १० बैशाख २०८०, आइतबार


काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)का वरिष्ठ उपाध्यक्ष राजेश अग्रवालले पछिल्ल्लो समय उद्योगी–व्यवसायी निराश रहेको बताएका छन् । नीति तथा कानुन उद्योगीलाई प्रोत्साहन गर्ने खालको हुनुपर्ने उनले बताए ।

शनिबार काठमाडौंको गोकर्णमा आायोजित बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रममा उनले अर्थतन्त्रमा सुधार ल्याउन सीएनआईले एक अवधारणा अघि सारेको पनि बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गर्भनर महाप्रसाद अधिकारीले यसलाई समर्थन गर्ने उनको विश्वास छ ।

उनले उद्यम गर्न सहज नभएको भन्दै उद्यमीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताए । कतिपय कानुन फेरबदल गर्न समेत आवश्यक रहेको उनले औँल्याए ।

कालोबजारसम्बन्धी ऐन २०३२, मदिरा ऐनलगायत ऐन खारेज गर्नुपर्ने उनले बताए । जग्गाप्राप्ति, आयकर, बैंकिङलगायत ऐनमा सुधार गर्नुपर्ने उनले उल्लेख गरे । क्षतिपूर्तिसम्बन्धी ऐन बनाउन आवश्यक रहेकामा उनले जोड दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्र हेर्न विषय लागु नहुने आश्वासन प्रधानमन्त्रीले दिएको उनले उल्लेख गरे । कुनै बेला १४ प्रतिशत रहेको उद्योगको जीडीपीमा योगदान अहिले पाँच प्रतिशतमा झरेको उनले बताए ।

आर्थिक उदारीकरणको प्रक्रिया अघि बढेपछि अर्थतन्त्र फराकिलो बनेको उनको भनाइ छ । करिब तीन दशकअघि अवलम्बन गरिएको खुला बजारले अर्थतन्त्र बलियो बनाएको भन्दै यसलाई थप बढावा दिनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित : १० बैशाख २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह