Logo

Sub-banner

गएरातिको भूकम्पले २३ घर पूर्णरुपमा क्षति


GDP नेपाल
   १५ बैशाख २०८०, शुक्रबार


गएराति आएको भूकम्पका कारण हिमाली गाउँपालिका–२ विच्छ्यामा २३ घरमा पूर्णरुपमा क्षति पुगेको छ । गौमुल गाउँपालिकाको दहकोट आसपास केन्द्रबिन्दु भएर मध्यराति १ बजेर ३० मिनेट जाँदा गएको पाँच दशमलव नौ रेक्टर स्केलको भूकम्पले २३ घरमा पूर्णरुपमा क्षति भएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त वडाका धञ्जित बुढा, दन्तिर बुढा, जोवलाल बुढा, नौउले बुढा, दिलबहादुर बुढा र सौरमल रोकायाको घरमा क्षति पुगेको छ । यस्तै वासु रोकाया, सुरेन्द्र बुढा, दुवलाल बुढा, देवबहादुर बुढा, पञ्च रोकाया, सुरेन्द्र बुुढा, जग्गी बोहरा, साइमल बोहराको घरमा क्षति पुगेको छ ।

सोही वडाका सुर्ज बोहरा, जस थापा, भयधन थापा, पूर्ण थापा, कुसुम खड्का, वाचमल रोकाया, कल रोकाया, सुर्ज खड्का, गोल्लाल खड्कालगायतको घरमा क्षति भएकोे गाउँपालिकाका प्रशासकीय अधिकृत भण्डारीको भनाइ छ । क्षतिको विवरण सङ्कलनका लागि पालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताउनुभयो ।

प्रकाशित : १५ बैशाख २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह