Logo

Sub-banner

पश्मिना उद्यमी शिवकुमार श्रेष्ठको ‘भाग र भोग मल्लाजतिर फर्केर’ सार्वजनिक


GDP नेपाल
   १७ बैशाख २०८०, आइतबार


पश्मिना व्यवसायी शिव कुमार श्रेष्ठको जीवन संघर्ष र सपना संघर्षको गहन दस्तावेज भाग र भोग सार्वजनिक गरिएको छ । आफ्नो ५० औँ वैवाहिक समारोहका अवसरमा श्रेष्ठ र उहाँका नाति नातिनीको हातबाट सो पुस्तक विमोचन गरिएको हो ।

आफ्ना बाबु बाबुलाल श्रेष्ठ र माता बालकुमारी श्रेष्ठको स्मृतिमा समपर्ण गरिएको पुस्तक भाग र भोग १५४ पृष्ठको रहेको छ । यसको प्रकाशकको रुपमा रत्न पुस्तक भण्डार रहेको छ । यो शिव कुमार श्रेष्ठको पहिलो संस्करण पनि हो । यस पुस्तकमा श्रेष्ठका जीवन भाेगाईका आरोह र अवरोहका क्षणलाई अत्यन्तै मिहिन ढंगबाट समेटिएको छ ।

पर्वतको पश्चिम पहाडी गाउँ मल्लाजमा जन्मिएका लेखक श्रेष्ठ उमेरले ७० वर्ष कटेका छन् । वृद्ध अवस्थातिर उकालो लाग्दै गर्दा विगतकाे जीवन यात्रा र नेपालमा पश्मिना उद्योगको आरोह अवरोहका बारेमा लेखिएको कृति भाग र भोगको एउटा पाण्डुलिपी नै तयार गरिएको छ ।

लेखकले आफ्नो आत्मकथा र आफ्नो जन्मथलाे मल्लाजलाई सम्झँदै त्यस प्रति समर्पीत रहेर लेखेको कृतिमा इमानदरीताका शब्द र भावहरु प्रशस्त रहेको पाइन्छ । अति सामान्य परिवार र ग्रामीण परिवेशमा जन्मे-हुर्केर आफ्नो अठोट, प्रतिबद्धता र संघर्षको बाटोबाट आज सम्मानित व्यक्तित्वको उचाई आर्जन गर्न सफल श्रेष्ठले नेपाली पश्मिनालाई विश्व बजारमा स्थापित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको कुरा पनि पुस्तकमा समावेश गरिएको छ ।

पश्मिनाको बजारिकरणको सिलसिलामा विश्वका थुप्रै राष्ट्रहरुमा उहाँको उपस्थिति, व्यापार प्रवर्द्धनमा खेल्नु भएको भूमीका लगाएतका विषयलाई कृतिमा समावेश गरिएको छ । यस पुस्तकमा गोरेटो त्यो गाउँको, यात्रा पश्मिना, लाहुर लाहुरे सपना, हिप्पी यूगको रौनक, मेलाहरुमा खुरुखुरु पश्मिनाको क्रेज, अचानक अष्ट्रेलिया यात्रा, मल्लाजतिर फर्केर हेर्दा लगाएत शीर्षकहरुमा आफ्नो आत्म कथा लेखकले समेटेका छन् ।

पूर्व प्रधान न्यायाधीस कल्याण श्रेष्ठ, मूख्य सचिव शंकर वैरागी, नेपाल पश्मिना उद्योग संघका अध्यक्ष विजय दुगड लगाएतले लेखक श्रेष्ठको कृति र उहाँको जीवन यात्राका आरोह र अवरोहका बारेमा आफ्ना विचार अनुभूतिलाई स्मरणको रुपमा पुस्तकमा प्रकाशन गरिएको बताए । पुस्तकमा पश्मिना व्यवसायको सिलसिलामा विश्व बजार पुगी व्यापार प्रवर्द्धनमा पुर्‍याएको भूमीका र तस्वीरहरु समावेश गरिएका छन् ।

सो समारोहमा लेखक श्रेष्ठलाई बधाई दिँदै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले श्रेष्ठको यो कार्य ऐतिहासिक भएको बताए । श्रेष्ठले हरेक मानिसले आफ्नो जीवनकालमा सम्पन्न गर्न चाहने एउटा मुख्य कार्य सम्पन्न गरेकाले उनी अन्य मानिसहरुका लागि समेत प्रेरणाको स्रोत बनेको शेरचनले बताए । यस्तै, पुस्तकमा पश्मिना व्यवसायमा श्रेष्ठले गरेको संघर्षको बारेमा समेटिएकाले यो पुस्तक पश्मिना व्यवसायीका लागि निकै फलदायी हुने उनले जनाए ।

प्रकाशित : १७ बैशाख २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह