Logo

मुख्य समाचार

२६ प्रतिशतले बढ्यो नागरिक लगानी कोषको खुद नाफा


GDP नेपाल
   १८ बैशाख २०८०, सोमबार


नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरण अनुसार कोषले तेस्रो त्रैमासम्ममा ७७ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा कोषको खुद नाफा २६.१५ प्रतिशतले बढेको हो । गत वर्षको तेस्रो त्रैमासमा कोषले ६१ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै, कोषको ब्याज आम्दानी १०६.७७ प्रतिशतले बढेर ३० करोड ५० लाख रुपैयाँ पुगेकोे छ। गत वर्षको यसै अवधिमा ब्याज आम्दानी १४ करोड ७५ लाख रुपैयाँ थियो । कोषको सेवा शुल्क तथा कमिस आम्दानी ९३ करोड ५० लाख रुपैयाँ पुगेको छ भने व्यवस्थापन खर्च पनि बढेर १६ करोड ४८ लाख रुपैयाँ पुगेको छ।

यसको सेयरपुँजी ४ अर्ब २५ करोड रुपैयाँ रहेको छ । सेयर प्रिमियम २८ करोड ३८ लाख रुपैयाँ र जगेडा कोषमा १६ अर्ब ५३ करोड रुपैयाँ रहेको छ।

कोषको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २४.४० रुपैयाँ कायम भएको छ। लगानीमा प्रतिफल (आरओई) ९.६७ प्रतिशत रहेको कोषको प्रतिसेयर नेटवर्थ २०१.८७ रुपैयाँ रहेको छ।

 

प्रकाशित : १८ बैशाख २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह