Logo

राजनीति

वैशाख २४ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस


GDP नेपाल
   २० बैशाख २०८०, बुधबार


सरकारले सङ्घीय संसद्को आगामी अधिवेशन यही वैशाख २४ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसैगरी बैठकले एसिसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही रु छ लाख र अन्य टिम अफिसियललार्ई जनही रु तीन लाख प्रोत्साहनस्वरुप उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउन आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ । यसैगरी बैठकले कोशीटप्पु वन्यजन्तु आरक्ष स्थापना गर्दा विस्थापित भएकाहरुका सन्दर्भमा थप छानबिन गरी समस्या समाधान गर्न आयोग पुनर्गठन गरी तीन महिना म्याद थप गर्ने निर्णय गरेको छ ।

विज्ञापन नियमन गर्ने ऐन, २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गर्ने निर्णय गरिएको छ ।

प्रकाशित : २० बैशाख २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह