Logo

मुख्य समाचार

नयाँ सरकारलाई पत्याएन शेयर बजारले, नेप्से ७१ अंकले घट्दा किनबेच पनि १५ अर्बमै सीमित


gdpnepal
   १५ चैत्र २०८२, आइतबार


काठमाडौं । शेयर बजारका लगानीकर्ता बालेन सरकारको आक्रामक नीतिप्रति विश्वस्त बन्न सकेनन् ।

नयाँ सरकार गठनपछिको पहिलो कारोबारमा सेयर बजारमा उच्च गिरावट देखिएको छ । सेयर बजारमा आइतबार ७१.०५ अंकको गिरावट आएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रधामन्त्री तथा अर्थशास्त्री स्वर्णिम वाग्ले अर्थमन्त्री रहेका बेला बजार बढ्ने अनुमान विपरीत घटेको हो ।

आइतबार कारोबार सुरु हुँदादेखि नै घट्न थालेको बजार अन्तिमसमयसम्म कायम रह्यो ।

बेच्नेको चाप बढी हुँदा आइबार बजार ७१।०५ अंकले घटेको छ । यससँगै बजार २८७९.११ विन्दुमा झरेको छ ।

यसअघिको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १४।२१ अंक बढेर २९५०.१६ विन्दुमा उक्लिएको थियो ।

यसदिन १० कम्पनीको मूल्य बढ्दा २५५ कम्पनी सेयर मूल्य घटेको छ । आइतबार १५ अर्ब ३३ करोडको कारोबार भएको छ ।

यद्यपि, रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रो, रिजलाइन इनर्जी सूर्यकुन्ड हाइड्रोको सेयर मूल्यमा सर्किट ब्रेक लागेको छ ।

 

प्रकाशित : १५ चैत्र २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह