स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा बैठकमा अशिष्ट व्यवहार प्रदर्शन गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठक सुरु हुन नपाउँदै सांसद सिंहले सर्ट र गञ्जि खोल्दै अर्धनग्न बनेका छन् ।
सभाभुखले आफूलाई बोल्न समय नदिएपछि उनले विरोध जनाउँदै सो व्यवहार देखाएका हुन् ।
सांसद सिंहको यस्तो व्यवहार प्रति सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको नियम ३० अनुसार चेतावनी समेत दिए ।
‘तपाईं अशिष्ट, अपमानजनक व्यवहार गर्दै हुनुहुन्छ। नियम ३० को आधारमा चेतावनी दिन चाहन्छु। असभ्य व्यवहार नगर्नुहोस्। सभ्यताका साथ नियमअनुसार रहनुहोस् ’ सभामुखले भने ।
प्रतिक्रिया