Logo

राजनीति

भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ


GDP नेपाल
   २७ बैशाख २०८०, बुधबार


उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन तथा सुशासन कायम गर्न भ्रष्टाचारको नियन्त्रणलाई सरकारले मूल प्राथमिकतामा राखेको बताउनुभएको छ ।

आज गृह मन्त्रालयमा नेपाली कांग्रेसका नेताहरूसँगको भेटघाटका क्रममा उहाँले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता राखेर काम गरेको र यस कार्यमा संलग्नहरुलाई पूर्वाग्रह नराखी काम गर्ने बताउनुभयो ।

नक्कली शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगीमा संलग्न भएका जो कोहीलाई कारबाही हुने उहाँले स्पष्ट पार्नुभयो ।

गृहमन्त्रीसँगको भेटमा कांग्रेस नेताहरूले भ्रष्टाचारविरुद्ध उहाँले चालेको कदमको प्रशंसा गर्नुभएको थियो । नक्कली शरणार्थीसम्बन्धी यो पछिल्लो अनियमितताको अझै अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याएर तार्किक निष्कर्षमा पु¥याउनसमेत नेताहरूले अनुरोध गर्नुभएको थियो ।

कांग्रेसका नेताहरु गुरुराज घिमिरे, मधु आचार्य, रञ्जीत कर्ण, भूपेन्द्रजङ शाही, नरेश यादव, डा गोविन्द पोखरेललगायत आज अपराह्न गृह मन्त्रालय पुग्नुभको थियो ।

प्रकाशित : २७ बैशाख २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह