Logo

राजनीति

भुटानी शरणार्थी प्रकरण: रायमाझीलाई ३ दिन हिरासतमा राख्न अनुमति


GDP नेपाल
   १ जेष्ठ २०८०, सोमबार


नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई प्रहरीले अनुसन्धानका लागि ३ दिन हिरासतमा राख्न अनुमति पाएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

शरणर्थी प्रकरण आफ्नो नाम बाहिरिएसँगै गुमनाम रहेका रायमाझी आइतबार राति बूढानीलकण्ठबाट पक्राउ परेका थिए । पक्राउ परेका रायमाझीलाई प्रहरीले सोमबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझीलाई पक्राउ गर्न २० वैशाखमा पक्राउ पुर्जी जारी भएको थियो ।

प्रकाशित : १ जेष्ठ २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह