सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीको जन्मकैद सजाय सदर गरेको छ ।
सर्वोच्चले जिल्ला र उच्च अदालतले सुनाएको फैसलालाई सदर गर्दै चौधरीविरुद्धको मुद्दाको अन्तिम सुनुवाई गरेको हो । मंगलबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकूल सुवेदीको संयुक्त इजलासले चौधरीलाई जन्मकैदको फैसला सुनाएको हो ।
२०७२ भदौ ७ मा कैलालीको टीकापुर नगरपालिकामा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ बालकसहित ८ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया