Logo

राजनीति

पत्रकार लेखनाथ पोखरेलमाथि धम्कीको सेजनद्वारा भर्त्सना


GDP Nepal
   ४ जेष्ठ २०८०, बिहिबार


काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले हिमालय टाइम्स दैनिकका अर्थ ब्यूरो प्रमुख लेखनाथ पोखरेललाई समाचार लेखनका विषय लिएर धम्की दिइएकोप्रति आपत्ति जनाउँदै यस्तो कार्यको भर्त्सना गरेको छ ।

पत्रकार पोखरेललाई राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दोलखा सभापति राजनबाबु सिवाकोटी र उनको साथमा आएका व्यक्तिहरूले कार्यालयमै धम्की दिएका थिए ।

‘सिन्धु ज्वाला हाइड्रोपावर’का विषयमा लेखिएको समाचारलाई लिएर ज्यान मार्ने सम्मको धम्की दिएको जानकारी पत्रकार पोखरेलले दिएका छन् ।

“प्रकाशित समाचारप्रति चित्त नबुझे वा कुनै गुनासो रहे त्यसउपर कानुनी उपचार खोजिनुपर्नेमा कार्यालयमा नै प्रवेश गरी अभद्र व्यवहार गरेको र ज्यानै लिनेसम्मको धम्की दिएको घटनाको हामी घोर भर्त्सना गर्दर्छौँ,” सेजन महासचिव भागवत भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सेजनले धम्की दिने व्यक्तिउपर छानबिन गरी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

पत्रकार पोखरेलका अनुसार राष्टिय प्रजातन्त्र पार्टी(राप्रपा) दोलखाका समापति राजनबहादुर सिवाकोटीका साथ आएका दुइ जनामध्ये एकजना व्यक्तिले सोमबार साँझ हिमालय टाइम्सको कार्यालयमै आएर ‘जथाभावीरुपमा समाचार लेख्ने तपाई नै होइन’ भन्दै धम्क्याएका थिए ।

सिन्धुज्वाला हाइड्रोपावर कम्पनीमा भएको आर्थिक घोटालामा दोलखा जिल्लाका राप्रपा अध्यक्ष सिवाकोटीसँगै राप्रपाको समेत नाम जोडेर समाचार लेखिएको भन्दै उनले धम्कीपूर्ण शैलीमा ‘जथाभावी समाचार लेख्ने ?’ भन्दै धम्क्याएको पोखरेलले बताए ।

शिवाकोटीले समाचारको स्रोत को हो, मुद्दा हालौं कि के गरौं ? हामीसँग गुण्डाहरु पनि छन्, हाम्रा एउटै नेताका दुइ सय गुण्डा छन्, उनीहरुबाट केही होला नि ? म पनि पत्रकार हुँ, समाचार कसरी लेख्नुपर्छ हामीलाई पनि थाहा छ’ भन्दै ज्यान लिने धम्कीसँगै निरन्तररुपमा आफूमाथि दूव्र्यवहार र दुरुत्साहनपूर्ण आपेक्ष लगाइरहेको पोखरेलले जानकारी दिए ।

उनका अनुसार सुरुमा आफूविरुद्ध किन समाचार लेखियो भन्दै राप्रपा सिवाकोटी कार्यालयमा आएका थिए ।

शिवाकोटी पनि सिन्धुज्वालामा हाइड्रोको जनसम्पर्क अधिकृतका रुपमा कार्यरतको र उनीसमेत घोटाला सलग्न रहेको समाचार प्रकाशित भएको थियो ।

पत्रकार पोखरेलले आफ्नो जीवन रक्षा, पेशागत सुरक्षा, पेशागत निर्भिकताको वातावरणका लागि सरकार, नेपाल पत्रकार महासंघ, नेपाल आर्थिक पत्रकार संघ, नेपाल आर्थिक पत्रकार संघलगायत सबै सरोकार निकायको गंभीर ध्यानाकर्षण गराएका छन् ।

पोखरेलले कुनै पनि किसिमका डर, त्रास, प्रलोभन र धम्कीबाट अलिकति पनि विचलित नभइ आफ्नो कार्यक्षेत्रमा खटिरहने प्रण गरेका छन् ।

प्रकाशित : ४ जेष्ठ २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह