Logo

राजनीति

रेशम चौधरी जेलबाट रिहा


GDP नेपाल
   १५ जेष्ठ २०८०, सोमबार


टीकापुर घटनाका दोषी रेशमलाल चौधरी रिहा भएका छन् ।

जन्मकैदको सजाय भोगिरहेका चौधरीलाई गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि उनी आज रिहा भएका हुन् ।

मन्त्रीपरिषद्को आइतबार बसको बैठकले चौधरीको जन्मकैद सजाय माफी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो । चौधरी पाँच वर्ष तीन महिना जेल सजाय काटेर बाहीर आएका हुन् ।

चौधरीसँगै अन्य १९ जनाले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ बमोजिम गणतन्त्र दिवसको उपलक्ष्यमा माफी पाएका छन् ।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह