Logo

कर्पोरेट-बजार

हिरोको ग्ल्यामर र ड्युएट नयाँ स्वरुपमा


appharu
   २३ बैशाख २०७५, आइतबार


काठमाडौं । हिरोका नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक भएको छ । नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक विक्रेता नेपाल जेनरल मार्केटिङले नयाँ मोटरसाइकल र स्कुटर बजारमा ल्याएको हो ।
ग्ल्यामर एसभी मोटरसाइकल नयाँ अवतारमा र ड्युएट स्कुटर परिष्कृत मोडलमा ल्याइएको कम्पनीले जनाएको छ ।
१ सय २५ सीसी टर्क अन डिमान्ड इन्जिन भएको ग्लामर एसभीमा आकर्षक ग्राफिक्स थप गरिएको छ । यो मोटरसाइकलमा आईथ्रीएस टेक्नोलोजी, शक्तिशाली इन्जिन, ट्युबलेस टायर, मसकुलर स्पोर्टी डिजाइन रहेको छ । यो मोटरसाइकमा भएको मुख्य विशेषता आईथ्रीएस प्रविधिले आइडल स्पोर्ट स्टार्ट सिस्टमले ट्राफिकमा रोकिँदा आफै बन्द हुने र ट्राफिक खुलेपछि सजिलैसंगै स्टार्ट हुने गर्दछ । विभिन्न विशेषताले मोटरसाइकको पर्फमेन्स निकै आकर्षक बनाएको छ ।
ब्ल्याक विथ टेक्नो ब्ल्यु, ब्ल्याक विद स्र्पोटस रेड र क्याण्डि ब्लेजिङ रेड रंगहरूमा यो मोटरसाइकल नेपाली बजारमा उपलब्ध रहेका छन् । नेपाली बजारमा यो मोटर साइकलको मूल्य १ लाख ९३ हजार रुपैयाँ तोकिएको छ ।
ड्युएट स्कुटर पनि हिरोका अर्काे उत्कृष्ट मोडेलको नयाँ संस्करण हो । परिवारलाई लक्षित गरेर बनाइएको यो स्कुटर यस अघि नेपाली उपभोक्ताले रुचाइएका थिए । नयाँ संस्करण अझै परिमार्जित र परिस्कृत स्वरुपमा आएकाले अझ बढी मनपराउने विश्वास कम्पनीको छ । एड्भान्सड इन्जिन, एक्स्ट्रा पावर डेलिभरी, एक्स्ट्रा पि अप नयाँ ड्युओट स्कुटरको विशेषताहरू हुन् ।
यसको एक्टरर्नन फ्युल सिस्टम त ग्राहकहरूले निकै मन पराएका थिए । इन्धन राख्न घरिघरि स्कुटरबाट ओर्लने झन्झट नहुने र डिक्कीमा भएको सामान नदेखिनुले सामान बढि सुरक्षित हुने कम्पनीले जनाएको छ ।
डिक्कीमै राखेर मोबाइल चार्ज गर्ने सुविधा पनि उपलब्ध छ । नयाँ स्कुटर क्यान्डि ब्लेजिङ रेड, ग्रे र प्यान्थर ब्ल्यक रंगहरूमा उपलब्ध छन् । नेपाली बजारमा यस स्कुटरको मुल्य १ लाख ७९ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

प्रकाशित : २३ बैशाख २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह