नक्कली भुटानी शरणार्थी प्रकरणमा सार्वजनिक भएको अडियो पक्राउ परेका सन्देश शर्मासँग मिलेको छ ।
उक्त अडियोमा शर्माले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी तथा सांसद आरजु राणा देउवाले शरणार्थी प्रकरणमा रकम माग गरेको बताएका थिए ।
अडियो सार्वजनिक भएसँगै देउवाले आफू सो प्रकरणमा कुनै प्रकारले संलग्न नभएको र अडियो समेत नियोजीत रुपमा इडीट गरिएको दावी गरेकी थिइन् । अडियो नक्कली भएको हुनसक्ने भन्दै देउवाले प्रश्न उठाएपछि प्रहरीले छानबिन सुरु गरेको थियो ।
प्रहरी प्रवक्ता कुवेर कडायतले उजुरी छानबिनको प्रगतिका बारेमा जानकारी दिँदै उक्त स्वर जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा ठगी तथा संगठित अपराध कसुर मुद्दा अनुसन्धानमा रहेका तुलसीपुरका ३४ वर्षका सन्देश शर्मासँग मेल खाएको बताएका छन् ।
कहाँ र कसबाट उक्त स्वर टिकटकमा राखियो भन्ने बारेमा टिकटक सिंगापुरलाई पत्राचार गरिएको भए पनि विवरण प्राप्त हुन नसकेको उनले जनाएका छन् । शर्मा अहिले ठगी तथा संगठित अपराध मुद्दामा रहेकाले उनीसँग सम्बन्धित थप विवरण अदालतबाट उपलब्ध हुने कडायतले जनाए ।
प्रतिक्रिया