काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको भगिनी संस्था नेपाल महिला चेम्बरले शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बिभिन्न क्षेत्रमा उत्कृष्ट पेशा–व्यवसाय गरेका ९ जना महिलाहरुलाई सम्मान गरेको छ ।
उपराष्ट्रपति नन्द बहादुर पुनले एक समारोहका बीच विधाता श्रेष्ठ, कृष्ण कुमारी पौडेल, लाक्पा फुटी शेर्पा, मिरा भट्टराई, शिवकुमारी डंगोल, सुलोचना श्रेष्ठ नेवा, मन्जु मिश्र, अनुपमा खुन्जेली र लक्ष्मी शर्मालाई सम्मान गरे ।
उक्त अवसरमा उपराष्ट्रपतिले महिलाहरुको बिशाल, धैर्यवान र सन्तुलित भूमिकाको कारण बिश्व सुन्दर भएको बताए । उनले जैविक हिसाबले पनि महिलाका जिनहरुको संख्या पुरुषको भन्दा एकले बढी हुने भएकोले पुरुष भन्दा महिला शक्तिशाली हुने बताए ।
“इतिहासमा महिलाहरुमाथि संसारभर भएको विभेदले नारीहरुलाई सचेत र जागरुक बनाएको हो“, उपराष्ट्रपति पुनले भने । महिलाहरुले आफ्नो हक, अधिकार र अवसर प्राप्तीको लागि गरेको कठोर संघर्सको प्रतिफल स्वरूप नारी जगत आज समान दायित्व, भूमिका र अवसरका साथ राष्ट्र–निर्माणमा अघि बढेको भन्दे आधा धर्ति ढाक्ने नारीहरुको अधिकारलाई नेपालको संविधानले सुनिश्चित गरेकोले महिलाहरुको सहभागिताको दायरा फराकिलो भएको उल्लेख गरे ।
इतिहासमा नेपालको राजनीतिक, सामाजिक तथा आर्थिक रुपान्तरणको लागि महिलाले गरेको प्रेरणादायी योगदानको कारण देशमा परिवर्तन सम्भव भएको कुरामा उनले जोड दिए । “देशमा प्रजातन्त्र र गणतन्त्र ल्याउन अग्र मोर्चामा खटेर बलिदान गर्ने साहसिक महिला जगत नभएको भए देशले आज यो परिवर्तन पाउने थिएन“, उपराष्ट्रपति पुनले भने ।
देशको अर्थतन्त्र माथि उकास्न आयात र निर्यातको क्षेत्रमा महिलाहरुको सहभागिताले ठुलो योगदान दिएको चर्चा पनि उनले गरे । तर आज देशमा यति ठुलो परिवर्तन भएपनि महिलाहरुलाई हुने घरेलु हिंशा र बलात्कार जस्तो जघन्य अपराधमा कमि आउँ नसकेकोमा उहाँले चिन्ता प्रकट गरे ।
कार्यक्रमलाई संबोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेक्ष्ठले यस पटकको अन्तर्रा्ष्ट्रिय महिला दिवसको मूल ’थिम’ “अझैं राम्रो सन्तुलन, अझैं राम्रो संसार“ को मर्म अनुसार नेपाल चेम्बर अफ कमर्स लागिरहेको बताए । सन् २०१८ मा गठन गरिएको नेपाल महिला चेम्बरले बिश्वबैंकको प्रतिबेदनमा उल्लेख भएको लक्ष हाँशिल गर्न नेपाल महिला चेम्बर लागिरहेको कुरा समेत उनले उल्लेख गरे । विश्वभर महिला व्यवसायीहरुको संख्या एक अर्ब पुर्याउने लक्ष्य
विश्वबैंकको प्रतिबेदनले बताएको छ ।
नेपालको संबिधानमा भएको व्यवस्थाकै कारण राष्ट्र–प्रमुख र व्यवस्थापिकाको प्रमुखमा
महिलाको उत्कृष्ट भूमिका र क्षमता देखिइसकेकोले मौका पाए महिलाहरुले देश हाँक्न सक्छन् भन्ने कुरा उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय नारी–दिवसको उद्भव र विकासबारे संक्षिप्तरुपमा प्रकाश पारे ।
नेपाल महिला चेम्बरका सभापति उर्मिला श्रेष्ठले नेपाली नारीहरुको संघर्षको कारण आज राज्यका निकायहरुमा ३३ प्रतिशत कोटा प्राप्त भएको भन्दै नारीहरु चुल्हो र चौकोमा मात्र सिमित हुने बिरासतमा नारिहरुकै भूमिकाको कारण परिवर्तन भएको र राज्यको नीति निर्धारण र कार्यान्वयनको तहमा पुग्न सकेको कुरा बताइन् । नेपालको संविधानले नारीहरुलाई जति अधिकार प्रदान गरेको छ, त्यो प्रयाप्त नभएको समेत उनको तर्क थियो ।
प्रतिक्रिया