Logo

बैंक / बिमा /शेयर

मीड सोलु हाइड्रोपावरको आइपीओ बिक्री खुला


GDP नेपाल
   २९ भाद्र २०८०, शुक्रबार


आजबाट मीड सोलु हाइड्रोपावरको आइपीओ बिक्री खुला भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई छुट्याइएको ७ लाख ४८ हजार ४०० कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा गएका नेपालीलाई ७४ हजार ८४० कित्ता सेयर बाँडफाँट गरिसकेको छ।

यस्तै, कम्पनीका कर्मचारीलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्रीमा लाइएको हो। यस आइपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्म सबै सेयर बिक्री नभएमा भने असोज १२ गतेसम्म खुला रहनेछ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी गराएको छ।

रेटिङ एजेन्सी इक्र नेपालले यो आइपीओलाई ‘इक्रा एनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ। इक्रा नेपालले २०८० असार ३१ गते उक्त रेटिङ दिएको थियो। यो रेटिङ २०८१ असार २९ गतेसम्म बाहल रहनेछ।

प्रकाशित : २९ भाद्र २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह