Logo

सेयर बजार

झिनो अंकले बढ्यो सेयर बजार, ४ अर्ब ६० करोडको कारोबार


GDP नेपाल
   १८ पुस २०८१, बिहिबार


काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से ४.६३ अंकले बढेर दुई हजार ५८६.२३ विन्दुमा पुगेको छ ।

विकास बैंक १२४, फाइनान्स १२, होटल तथा पर्यटन ४४, हाइड्रोपावर ६३, निर्जीवन बीमा ९५, उत्पादन ५३ र जीवन बीमा उपसमूह ४६ अंकले बढेको छ । त्यस्तै, आज बैंकिङ २, माइक्रोफाइनान्स १०, ब्यापार ९२ र अन्य उपसमूह भने ३५अंकले घटेको छ ।

आज न्यादी हाइड्रोपावरको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज सर्पोट माइक्रोफाइनान्सको सेयर ५ प्रतिशतले घटेको छ ।


यस दिन ३१५ कम्पनीको एक करोड कित्ता सेयर ४ अर्ब ६० करोडमा कारोबार भएको छ ।

प्रकाशित : १८ पुस २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह