Logo

मुख्य समाचार

सेयर बजारमा २४.४५ अंकको गिरावट, कारोबारमा भने वृद्धि


GDP नेपाल
   ११ चैत्र २०८२, बुधबार


काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से २४.४५ अंकले घटेर दुई हजार ९३५.३४ विन्दुमा पुगेको छ ।




आज बैंकिङ २२, विकास बैंक १५१, फाइनान्स ५६, होटल तथा पर्यटन ४, हाइड्रोपावर ६, जीवन बीमा १९२, माइक्रोफाइनान्स ८७, निर्जीवन बीमा १३७ र अन्य उपसमूह ४१ अंकले घटेको छ। त्यस्तै, आज उत्पादन ४९ र व्यापार उपसमूह १४२ अंकले बढेको छ ।


आज अभियान लघुवित्त वित्तिय संस्थाको सेयर ७.७४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रो, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इनको सेयर १० प्रतिशतले बढेको छ ।




यस दिन ३४५ कम्पनीको तीन करोड ५८ लाख कित्ता सेयर १५ अर्बमा कारोबार भएको छ ।

प्रकाशित : ११ चैत्र २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह