Logo

मुख्य समाचार

प्रधानमन्त्रीसँगको छलफल बहिस्कार गरेका हर्क साम्पाङलाई कसले दियो ज्यान मार्ने धम्की ?


gdpnepal
   १६ चैत्र २०८२, सोमबार


काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नवनिर्वाचित सांसद हर्क साम्पाङ राईले आफूविरूद्ध ज्यान मार्ने धम्की दिएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन् ।

सोमबार साम्पाङले सुनिता खड्का नाम गरेकी एक महिलाविरूद्ध उजुरी दिएका हुन् ।

खड्का रास्वपा समर्थक रहेको उनले उजुरीमा उल्लेख गरेका छन् । उनले फेसबुकमा सुनिताको टिकटक आईडी समेत पोष्ट गरेका छन् ।

‘मलाई रास्वपाका समर्थक सुनिता खड्का नामकी व्यक्तिले टिकटकमा ज्यान मार्ने र मेरो घर जलाउने सम्मको धम्की आमसंचारमा दिँदै अत्यन्तै पाशविक शैलीमा गालीगलौज गरेको घटनाप्रति ब्युरोको ध्यानाकर्षण गराउँदै उनलाई तुरून्तै पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाही चलाउन अनुरोध गर्दछु,’ उजुरीपछि उनले सामाजिक सञ्जालमा उजुरी राखेका छन्।

‘कारबाही गर्छ कि गर्दैन त आफ्नो समर्थकलाई सरकारले ?’ उनले लेखेका छन्।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले कोशी प्रदेशका सांसदहरुसँग गरेको छलफल उनले बहिस्कार गरेका थिए ।

प्रकाशित : १६ चैत्र २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह