Logo

मुख्य समाचार

लगनखेलको ४५ रोपनी क्षेत्रमा पोखरी र ग्रीनरी पार्क निर्माण गर्ने चिरीबाबुकाे घोषणा


gdpnepal
   १४ पुस २०८१, आइतबार


काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले लगनखेलमा सप्तपातल पोखरी र आर्मीबाट फिर्ता लिइएको ३० रोपनी जग्गासहित ४५ रोपनी क्षेत्रमा पोखरी र ग्रीनरी पार्क निर्माण गर्ने घोषणा गरेका छन् ।

आइतबार राष्ट्रिय प्रकृति संरक्षण कोष, सदर चिडियाखानाको २९औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै महर्जनले यो योजनाबारे जानकारी गराएका हुन् । उनले भने, ‘लगनखेलमा सप्तो पातल पोखरी र आर्मीबाट फिर्ता लिएको ३० रोपनी जग्गा गर्दा ४५ रोपनी जग्गामा पोखरी, ग्रीनरी  पार्कहरु बनाउँदै छौं । यो ठाँउको निमित्त पानीको व्यववस्थापन गर्नु आवश्यक छ ।’

महर्जनका अनुसार परापूर्वकालदेखि चल्दै आएको राजकुलोलाई पुनः संचालनमा ल्याई सप्तपातल पोखरी र कमल पोखरीमा पानी पु¥याउने योजना  छ । यो राजकुलो टिका भैरवबाट सुरु भई लगनखेलसम्म जोड्ने योजना बनाइएको छ ।

तर, असोज ११ र १२ गते परेको भारी वर्षाका कारण राजकुलोको स्ट्रिम निर्माण कार्यमा समस्या आएको बताउँदै महर्जनले भने, ‘परापूर्वकालदेखि नै राजकुलो, सप्तो पातल पोखरी लगनखेलबाट १४.२ किलोमिटर दक्षिणपटि छ । टिका भैरवबाट राजकुलोमा आजभोली नै देखिने काम सुरु हुन गइरहेको छ । तर, एउटा दुखको कुरा हाम्रो यो प्रोजेक्ट लन्च गरिसकेपछि असोज ११÷१२ गते जुन  किसिमले पानी पर्यो त्यसले नन्दुबाट टिका भैरवसम्म स्ट्रिम जोड्ने काममा अवरोध भएको छ ।’

उनले आफ्नो कार्यकालका बाँकी दुई वर्षभित्र परियोजना सम्पन्न गर्न सकिने विश्वास व्यक्त गरे । ‘म चाहन्छु, यो फेरी मेरो दोस्रो कार्यकालको साढे दुईवर्ष भईसक्यो । अब साढे दुईवर्षमात्रै बाँकी छ । त्यो साढे दुई वर्षको दौरानमा राजकुलो ल्याएर लगनखेलको सप्तपातल पोखरी र कमल पोखरीमा कमलको फूल फुलाउने योजना छ । म कमलको फूल त फुलाउछु नै,’ उनले भने ।

 

प्रकाशित : १४ पुस २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह