Logo

बैंक / बिमा /शेयर

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट


GDP नेपाल
   १० आश्विन २०८०, बुधबार


महालक्ष्मी विकास बैंकले स्वास्थ्य, श्रृंगार र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरूसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको छ।

सम्झौतापछि बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरूले धपाखेलमा रहेको सुमेरु हस्पिटलको ओपिडी र आइपिडी सर्भिसमा १० प्रतिशत छुट र फार्मेसीमा ५ प्रतिशत छुट पाउने छन्।

यस्तै, सिद्धार्थनगर–६, भैरहवामा रहेको एशियन बुद्ध होटलमा १० प्रतिशत छुट, आँबुखैरेनी–३, तँनहुमा रहेको मल्ल फेन्सीमा १० प्रतिशत छुट, हेटौंडा–४, मकवानपुरमा अवस्थित रिसु ब्युटी पार्लरमा १० प्रतिशत छुट पाउने बैंकको भनाइ छ।

यसैगरी, ब्युटीफुल कलेक्सन, बाँसबारी, काठमाडौंमा लुगा किन्दा १० प्रतिशत छुट र ब्याग र जुत्ता किन्दा ५ प्रतिशत छुट पाइने बैंकले बताएको छ।

यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

प्रकाशित : १० आश्विन २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह