Logo

Banner-news

सुपारी निर्यात सहजीकरणका लागि भारत सरकारसँग पहल गर्छौंः मन्त्री रिजाल


GDP नेपाल
   १७ आश्विन २०८०, बुधबार


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालको सुपारी निर्यातका लागि सहजीकरण गर्न भारत सरकारसँग पहल गर्ने बताएका छन् । भारत सरकारलाई पत्र लेखेर सहजीकरण गर्ने विषयमा सरकारले पहल गर्ने उनले बताएका हुन् ।

बुधवार प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सुपारी व्यवसायीहरुसँग छलफल गरेर यसबारेसरकारले निर्णय लिने भन्दै उनले निर्यातका लागि भारत सरकारलाई पत्र लेखेर सहजीकरण गर्ने जनाए ।

उनले भने, ‘भारत भन्सारबाट बारम्बार समस्या आइरहेको छ । उहाँहरुको भनेको नेपालको विग्रेको सुपारीको बजार हो । नेपालका गुट्का उद्योगहरुले १० देखि ३५ रुपैयाँमा बिहारमा सप्लाई गर्छन् । नेपालमा उत्पादित सुपारी गुणस्तरीय भएकाले नेपालका गुट्का उद्योगले खरिद गर्न सक्दैनन् । स्थानीय सुपारीको बजार नेपाल बजार होइन जस्तो बुझेको छु । भारत निर्यातका लागि भारत सरकारसँग सहजीकरणका लागि पत्र लेख्न पनि तयार छौं ।’

उनले नेपाल सुपारी खेती विकास संस्थालाई ‘ओरिजिन सर्टिफिकेट’ बनाउन उद्योग वाणिज्य महासंघले नगरी अरुलाई भारतले नचिन्ने बताए । नेपालमा उत्पादित सुपारी गुणस्तरीय रहेकाले नेपालमा भन्दा पनि सुपारीको बजार भारत नै भएको उनको भनाई छ ।

उनले भने, ‘नेपाल सुपारी खेती विकास संस्थालाई ओरिजिन सर्टिफिकेट बनाउन उद्योग वाणिज्य महासंघले नगरी अरुलाई भारतले चिन्दैन । नेपालमा उत्पादित सुपारी गुणस्तरीय छ । त्यसको बजार भनेको भारत नै हो ।’

प्रकाशित : १७ आश्विन २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह