Logo

बिजनेस होम

महासंघ कोषाध्यक्षमा भरत आचार्यः एशोसिएट उपाध्यक्षका लागि फेरि तयारी ?


gdpnepal
   २८ फाल्गुन २०८१, बुधबार


काठमाडौं । व्यवसायी भरत आचार्य नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा मनोनित भएका छन् । महासंघ कार्यकारिणी समिति सदस्य रहेको आचार्यलाई अध्यक्ष चन्द्रप्रसाद ढकालले कोषाध्यक्षमा मनोनयन गरेका हुन् ।

आचार्यले २०८२ चैतसम्म महासंघ कोषाध्यक्षको कार्यकाल सम्हाल्ने छन् । यसअघि कोषाध्यक्ष रहेका निरक केसीको कार्यकारिणी समिति सदस्यको पदावधि समाप्त भएपछि केही महिना रिक्त रहेको महासंघ कोषाध्यक्षको कार्यभार अब आचार्यको काँधमा आइपुगेको छ ।

आचार्य महासंघको २०७९ चैतमा भएको निर्वाचनमा एसोसिएटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठसँग पराजित भए पनि महासंघ अध्यक्ष ढकालले उनलाई कार्यकारिणी समिति सदस्यमा मनोनित गरेका थिए । वरिष्ठ उपाध्यक्षका तत्कालीन उम्मेदवारहरु अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठका साझा उम्मेदवार भएर पनि आचार्य पराजीत बनेका थिए ।

आचार्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल निकट मानिन्छन् ।

महासंघको आसन्न निर्वाचनमा एशोसिएट उपाध्यक्षका लागि व्यवसायीहरुबीच तीब्र लबिङ चलिरहेका बेला आचार्यको मनोनयनले नयाँ तरंग सिर्जना गरेको छ । हाल एशोसिएट उपाध्यक्षका लागि कार्यकारिणी समिति सदस्यद्वय प्रवलजंग पाण्डे र देशबन्धु बस्नेत (अजित)ले तयारी गरिरहेका बेला आचार्यको सक्रिय भूमिकासहित महासंघमा ‘इन्ट्री’ले अर्को वर्ष हुने निर्वाचन रोमाञ्चक हुने छ ।

पाण्डेलाई हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको समर्थन छ भने बस्नेत उपाध्यक्ष हेमराज ढकाल निकट हुन् । एशोसिएटमा अध्यक्ष ढकाल प्रभावशाली भएका कारण आचार्य पुनः उम्मेदवार बनेको अवस्थामा आचार्यले विगतको तितो नतिजा उल्ट्याउन सक्ने जानकारहरु बताउँछन् ।

हाल महासंघको विधानअनुसार ३ कार्यकाल केन्द्रिय सदस्य भएअनुसार आचार्यलाई अध्यक्ष ढकालले कोषाध्यक्षमा मनोनित गरेका हुन् । अघिल्ला दुई कार्यकालमा लोकप्रिय मतसहित निर्वाचित आचार्य एक कार्यकाल भने मनोनित भएका हुन् ।

प्रकाशित : २८ फाल्गुन २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह