Logo

कृषि / सहकारी

१६ औंँ गोदावरी पुष्प प्रर्दशनी: अवैधानिक कृषि आयात रोक्ने कृषि मन्त्रीको प्रतिबद्धता 


GDP नेपाल
   १४ कार्तिक २०८०, मंगलबार


काठमाडौं । ‘१६ औंँ गोदावरी फूलको प्रतियोगितात्मक प्रर्दशनी २०८०’ सुरु भएको छ । 

मंगलबार ललितपुरमा आयोजित ‘१६ औँ गोदावरी फूलको प्रतियोगात्मक प्रर्दशनी २०८०’ को उद्घाटन गर्दै कृषि मन्त्री डा.बेदुराम भुषालले, अवैधानिक कृषि वस्तु र फूलको आयात प्रतिस्थापन गर्न सबै मिलेर लाग्नुपर्ने बताए । 

उनले नेपाललाई फूल उत्पादनमा आत्मनिर्भर बनाउन सरकार पुष्प व्यवसायीलाई जुनसुकै बेला आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको बताए । 

कार्यक्रममा व्यवसायीले बिउबिजन सम्बन्धी नयाँ नियमावली नबन्दा आफूहरुलाई समस्या परेको भन्दै त्यसतर्फ कृषि मन्त्री भुसालको ध्यानाकर्षण गराएका थिए । 

मन्त्री भुसालले चाँडै बिउबिजन सम्बन्धी नयाँ नियमावली आउने बताए । 

उनले भने,‘नियमावली बनाउने काम सरकारको हो हामीले नियमावली बनाउन ढिला गरेका छैनौ । कृषि मन्त्रालयबाट नियमावली तयार भएर अर्थमन्त्रालयको पनि सहमति लिएर हामीले कानून टुंगोमा पुर्याइसकेका छौं । प्रकृयामा अगाडि बढेको छ, छिट्टै पारित हुन्छ ।’

सरकार नेपाली उत्पादनको प्रवद्र्धन र संरक्षण गर्ने कुरामा दृढ रहेको बताएका उनले नेपालमा उत्पादन हुने वस्तु विदेशबाट आयात नगर्ने दाबी गरे । 

केही समय अगाडि आफूलाई दूध आयात गर्न ठूलो दबाब दिँदा समेत दृढ अडान लिएर बाहिरबाट दूध आयात नगरेको स्मरण गर्दै उनले भने,‘जुन चिज हाम्रो देशमा उत्पादन हुन्छ,त्यो चिज हामीले विदेशबाट आयात गर्दैनौ ।औपचारिक रुपमा भएको पनि छैन् । तर,हामी सबैले बुझ्नुपर्ने समस्या र दायित्व के हो भने अवैधानिक रुपमा खुला सीमानाबाट वस्तुहरु आइरहेका छन् । यी अवैधानिक तवरले ल्याइने वस्तुलाई हामी सबै मिलेर रोक्नुपर्छ ।’

उनले नेतृत्वले भाषण गरेर पन्छिने भन्दा अवैधानिक र वैधानिक कृषि आयातलाई राष्ट्रिय उत्पादन वृद्धि गरेर प्रतिस्थापन गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।

नेपाल फ्लोरीकल्चर एसोसिएसनले नजिकिँदै गरेको पर्व तिहारलाई लक्षित गरी आयोजना गरेको १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १८ गतेसम्म चल्ने छ ।

आयोजकका अनुसार प्रदर्शनीमा ५५ वटा व्यावसायिक,दुई वटा प्रयोगात्मक,दुई वटा सूचनामूलक लगायत कूल ६२ वटा कक्ष रहने छ ।

यस वर्षको तिहारका लागि आवश्यक फूलको माला आन्तरिक उत्पादनले नै धान्ने  एसोसिएसनले जनाएको छ । 

प्रकाशित : १४ कार्तिक २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह