Logo

कृषि / सहकारी

समस्याग्रस्त १८ सहकारीको दायित्व तिर्न १५ दिने अल्टिमेटम, नतिरे सम्पत्ति लिलाम


GDP नेपाल
   १ कार्तिक २०८१, बिहिबार


काठमाडौं । समस्याग्रस्त अवस्थामा रहेका १८ सहकारी संस्थाको दायित्व फरफारक गर्न १५ दिने सूचना जारी भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित संस्थाका सञ्चालक, व्यवस्थापक, ऋण सदस्य र कर्मचारीहरुलाई यस्तो निर्देशन दिएको हो ।


समितिले यसअघि पनि पटक पटक राष्ट्रिय पत्रिकामार्फत् सूचना जारी गरेर तथा एसएमएस समेत गरेर दायित्व फरफारकका लागि ताकेता गर्दा समेत सम्पर्कमा नआएको भन्दै यो अवधिभित्र दायित्व फरफारक नगरे कानून अनुसार प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।
यस अनुसार दायित्व बाँकी रहेका व्यक्ति र निजको एकाघर परिवारको सम्पत्ति तथा बैंक खाता रोक्का गर्ने, कालोसूचीमा राख्ने र रोक्कामा राखिएका सम्पत्ति लिलाम बिक्री गरी ऋण असुल गर्ने सूचनामा उल्लेख गरिएको छ ।


प्रकाशित सूचना अनुसार १५ दिनभित्र दायित्व फरफारक गर्नुपर्ने सहकारीहरुमा स्ट्यान्डर्ड सेभिङ एण्ड क्रेडिट, प्यासिफिक सेभिङ एण्ड क्रेडिट, सोसाइटल बहुद्देश्यीय, प्रभु बचत तथा ऋण, लुःनिभा बहुद्देश्यीय, ओरेन्टल, कञ्जुमर बचत तथा ऋण, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट र भेगास सिटी छन् ।


त्यस्तै, तुलसी बहुमुखी, शिवशिखर बहुद्देश्यीय, हाम्रो नयाँ कृषि, कृषि विकास बहुद्देश्यीय, कान्तिपुर सेभिङ एण्ड क्रेडिट, श्री लालीगुराँस बहुद्देश्यीय, गौतमश्री बहुद्देश्यीय, गोरखा सेभिङ एण्ड क्रेडिट र पशुपति सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ रहेका छन् ।

प्रकाशित : १ कार्तिक २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह