Logo

अर्थनीति

विघटित संसदको अर्थ समिति सभापति चालिसेविरुद्ध अकुत सम्पत्ति आर्जनको मुद्दा


gdpnepal
   २९ मंसिर २०८२, आइतबार


काठमाडौं । पूर्व सांसद तथा विघटित संसदको अर्थ समिति सभापति सन्तोष चालिसेविरुद्ध अकुत सम्पत्ति आर्जनको मुद्दा दायर भएको छ ।

नेपाली कांग्रेसका नेता चालिसे काठमाडौं ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए भने यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा उनी गोकर्णेश्वर नगरपालिकाका मेयर थिए ।

अख्तियार दलुरुपयोग अनुसन्धान आयोगले चालिसेविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा ३ करोड ६८ लाख ४७ हजार ४ सय ६१ रुपैयाँ बिगो मागदाबी गरिएको छ । उनीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन तथा भ्रष्टाचारको मुद्दा लागेको छ ।

फागुन २१ गतेको निर्वाचनका लागि उनी काठमाडौं ३ बाट उम्मेदवार सिफारिस भएका थिए ।

 

प्रकाशित : २९ मंसिर २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह