Logo

बिजनेस होम

पर्यावरणीय सभ्यताबारे  सि जिनपिङको विचारमाथि नेपालमा छलफल


gdpnepal
   २१ चैत्र २०८२, शनिबार


पर्यावरणीय सभ्यता भएमात्रै दीगो विकास सम्भव भएकाले चिनियाँ राष्टपति सि जिनपिङको अवधारणा विश्वभर लागू हुनुपर्ने विज्ञहरूले बताएकाछन् । 

 फ्रेन्ड्स अन द क्लाउड: प्लेटफर्म अफ इन्फ्लुएन्सर्सले आयोजना गरेको   अन्तरक्रियामा अर्थविद् डा. चन्द्रमणि अधिकारी, डा. धर्म उप्रेती, डा. सञ्जयनाथ खनाल, संविधानसभा सदस्य विनोद पहाडी र संस्थाका अध्यक्ष शोभित उप्रेतीले वातावरणीय सभ्यता, चीनले अवलम्बन गरेको अभ्यास र नेपालले ध्यानदिनुपर्ने विषयमा धारणा राखेका थिए । 

कार्यक्रममा बोल्दै अर्थविद् अधिकारीले प्रकृतिलाई विश्वविद्यालय मानेर हिंड्नुपर्ने र हरेक मानवको पहिलो विश्वविद्यालय प्रकृति नै भएको उल्लेख गरे । निश्छल जल र हरित पहाडको सिद्धान्त आजको आवश्यकता भएको जनाउँदै उनले प्रकृतिबाट टाढा भए राजनीति, अर्थनीति, संस्कार र संस्कृति नै दुषित हुने धारणा राखे । 

डा. धर्म उप्रेतीले माटो, जल, हावा र ध्वनी सभ्यताको चर्चा गर्दै पर्यावरणीय सुधारका लागि राजनीतिक प्रतिबद्ता अनिवार्य रहेको धारणा राखे । 

डा. सञ्जयनाथ खनालले दीगो विकासको मान्यतालाई आत्मसात गर्दै सुरक्षित र अझ सुन्दर पृथ्वी आउँदो पिंढीलाई हस्तान्तरण गर्नुपर्ने धारणा राखे । 

संविधानसभा सदस्य पहाडीले नेपालका पहाड नाङ्गो हुन थालेकोमा चिन्ता व्यक्त गर्दै विकास र वातावरण संरक्षणमा सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए । 

चिनियाँ राष्ट्रपति सि जिनपिङले विकासका लागि पर्यावरणीय सभ्यताको अवधारणा सन् २००५ मा ल्याएका थिए ।

 

प्रकाशित : २१ चैत्र २०८२, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह