Logo

बैंक / बिमा /शेयर

स्नो रिभर्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


GDP नेपाल
   २३ चैत्र २०८२, सोमबार


काठमाडौं । स्नो रिभर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त गरेको थियो ।

पहिलो चरणमा ९ लाख ३७ हजार ५०० कित्ता स्थानीय बासिन्दा र ९३ हजार ७५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो, जसमा वैदेशिक रोजगारीतर्फको आवेदन चैत १२ गते नै बन्द भइसकेको छ ।

आयोजना प्रभावितमध्ये सिरिजङ्गा गाउँपालिका–८ का अति प्रभावित बासिन्दाका लागि ४ लाख ६८ हजार ७५० कित्ता छुट्याइएको छ भने बाँकी शेयर अन्य प्रभावित क्षेत्रका बासिन्दाका लागि विनियोजन गरिएको छ ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन फाराम विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट प्राप्त गरी बुझाउन सकिनेछ ।

प्रकाशित : २३ चैत्र २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह