काठमाडौं । इच्छा होटलको व्यवस्थापन भारतीय ब्राण्ड ‘लेमन ट्री’ले सम्हाल्ने भएको छ ।
बाराको सिमरामा रहेको पाँचतारे होटेल होटेल इच्छाको व्यवस्थापन सम्हाल्ने विषयमा लेमन ट्री र होटल व्यवस्थापनबीच सम्झौता भएको हो ।
भारतको नयाँदिल्लीस्थित लेमन ट्रीको मुख्यालयमा आयोजित एक कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर भएको जनाइएको छ ।
होटेल इच्छा लिमिटेडका तर्फबाट प्रबन्ध सन्चालक मुनसन वाग्ले तथा लेमन ट्रीका तर्फबाट प्रबन्ध निर्देशक निलेन्द्र सिंहले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
यो सम्झौता सम्पन्न भएपछि अब होटेल इच्छा लिमिटेड, लेमन ट्री होटेलका रुपमा चिनिनेछ ।
होटेलको व्यवस्थापन लेमन ट्रीले लिएपछि यसले प्रदान गर्ने सेवा, सुविधा र व्यवसाय अन्तर्राष्ट्रिय मापदण्डको हुने विश्वास गरिएको छ ।
सम्झौता कार्यक्रममा होटल इच्छा लिमिटेड सन्चालक समिति सदस्य गोकर्ण खतिवडा तथा प्रमुख कार्यकारी अधिकृत रेवन्त प्रसाद धौवडेलको पनि उपस्थिति रहेको थियो ।










प्रतिक्रिया