काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से १०.६६ अंकले घटेर दुई हजार ६१५.०३ विन्दुमा पुगेको छ ।
बैंकिङ ३, विकास बैंक ७, फाइनान्स ३५, हाइड्रोपावर १८, जीवन बीमा ८९, उत्पादन १४, माइक्रोफाइनान्स २४ र अन्य उपसमूह २७ अंकले घटेको छ । त्यस्तै, आज होटल तथा पर्यटन ०.३५, निर्जीवन बीमा २४ र व्यापार उपसमूह १८ अंकले बढेको छ ।
आज बाराही हाइड्रोपावरको सेयर सबैभन्दा धेरै ४.७६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज स्वस्तिक लघुवित्त र एसवाई प्यानलको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३२९ कम्पनीको एक करोड १२ लाख कित्ता सेयर ४ अर्ब ५७ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया