Logo

मुख्य समाचार

सेयर बजारमा १०५ अंकको पहिरो, १२ अर्ब ३८ करोडको कारोबार


GDP नेपाल
   २२ चैत्र २०८२, आइतबार


काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा पहिरो गएको छ । कारोबार सुरु भएदेखिनै ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०५.५० अंकले घटेर दुई हजार ६७६.६८ विन्दुमा पुगेको हो ।




बैंकिङ ४८, विकास बैंक २५९, फाइनान्स ९६, होटल तथा पर्यटन २२६, हाइड्रोपावर १८४, जीवन बीमा ४६३, उत्पादन १४३, माइक्रोफाइनान्स १६९, निर्जीवन बीमा ४३२, अन्य १३२ र व्यापार उपसमूह १४० अंकले घटेको छ ।



आज नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स, भूगोल इनर्जी, गार्डीयन माइक्रो लाईफ, सप्तकोशी डेभलपमेन्ट बैंक, प्योर इनर्जी र सान्भी इनर्जीको सेयरमा नकारात्मक सर्कीट लागेको छ । समग्रमा बजार घटेपनि रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इनको सेयर भने १० प्रतिशतले बढेको छ ।


यस दिन ३४५ कम्पनीको तीन करोड १२ लाख कित्ता सेयर १२ अर्ब ३८ करोडमा कारोबार भएको छ ।

बजारमा देखिएको यो उच्च गिरावटको मुख्य कारण सरकारले सम्पत्ति शुद्धीकरणको अनुसन्धानलाई तीव्र बनाउनु रहेको विश्लेषण गरिएको छ । पछिल्लो समय सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान प्रक्रिया अघि बढाउँदै केही ‘बिचौलिया’ हरूलाई समेत पक्राउ गर्न थालेपछि ठूला लगानीकर्ताहरू त्रसित बनेका छन् ।

प्रकाशित : २२ चैत्र २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह