काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से ५.८२ अंकले बढेर दुई हजार ७८२.१८ विन्दुमा पुगेको छ ।
विकास बैंक २८, होटल तथा पर्यटन २९, हाइड्रोपावर २, उत्पादन १८७ र व्यापार उपसमूह ९६ अंकले बढेको छ । समग्रमा बजार बढेपनि बैंकिङ १, फाइनान्स २१, जीवन बीमा २४, माइक्रोफाइनान्स १४, निर्जीवन बीमा ३८ र अन्य उपसमूह ०.७२ अंकले घटेको छ ।
आज रिलायन्स स्पिनिङ मिल्स, रिज लाईन इनर्जी, सूर्य कुण्ड हाइड्रो, भुजुङ हाइड्रोपावर र सुपर खुदी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज नेपाल भूगोल इनर्जीको सेयर ३ प्रतिशतले घटेको छ ।
यस दिन ३२८ कम्पनीको दुई करोड १३ लाख कित्ता सेयर ८ अर्ब ८१ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया