Logo

घुमफिर

नेपालको पर्यटनमा नेपालीपन हुनुपर्छ: मन्त्री किराती


GDP नेपाल
   १९ कार्तिक २०८०, आइतबार


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन नेपालीपनकै हुनुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ कुशादेवीमा रहेको फुलचोकी एड्भेन्चर प्रालिद्वारा सञ्चालित प्याराग्लाइडिङको व्यावसायिक उडानको शनिबार नागीडाँडामा शुभारम्भ गर्नुहुँदै उहाँले प्याराग्लाइडिङबाट एक रोजगार सिर्जना हुने सम्भावना रहेको छ ।

उहाँले भन्नुभयो, “ नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको छ । यसलाई स्थानीय स्वाद, स्वामित्व र स्थानीयपनसहित व्यवसाय सञ्चालन गर्नुपर्छ । पर्यटनको क्षेत्रमा एड्भेन्चर, कल्चर र नेचर तीनवटा विषयको समायोजनबाट मात्रै पर्यटनको क्षेत्रमा थप विकास हुन्छ । ” सो अवसरमा मन्त्री किरातीले पनौतीको ऐतिहासिक र सांस्कृतिक स्थलक्षेत्रको अवलोकन गर्नुका साथै जानकारी लिनुभएको थियो ।

प्रकाशित : १९ कार्तिक २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह