Logo

Sub-banner

पर्यटन मन्त्रालय मातहत निकायबाट भूकम्प पीडितलाई चार करोड बढी सहयोग


GDP नेपाल
   २२ कार्तिक २०८०, बुधबार


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायबाट भूकम्पीडितका लागि सहयोग जुटाएको छ । मन्त्रलयले आज प्रधामन्त्री रहत कोषमा रू चार करोड १३ लाख ९८ हजार नौ सय ८८ सङ्कलन भएको रकम जम्मा गरेको हो । 

मन्त्रालय मातहतका विभिन्न निकायबाट जम्मा भएको रकम आज पर्यटनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गर्नुभएको मन्त्रालयले जनाएको छ ।

सहयोग रकम जम्मा गर्नेहरुमा नेपाल नागरिक उड्डयन प्राधिकरण रू एक करोड, नेपाल वायुसेवा निगम रू पच्चीस लाख, पर्यटन बोर्ड रू ५० लाख, पशुपति क्षेत्र विकास कोष रू २१ लाख २१ हजार दुई सय ११, नेपाल पर्वतारोहण सङ्घ रू एकतीस लाख ११ हजार एक सय ११, एयर डाइनेष्टिी हेलिकप्टर रू एघार लाख एघार हजार एक सय ११, कैलाश हेलिकप्टर रू दश लाख रहेका छन् ।

त्यस्तै क्यासिनो मोजाङ रू पाँच लाख, क्यासिनो मोजाङ नेपालगञ्ज रू पाँच लाख, डेल्टिन क्यासिनो काठमाडौँ रू पाँच लाख, क्यासिनो वेलिज काठमाडौँ रू पाँच लाख, क्यासिनो प्राइड काठमाडौँ रू पाँच लाख, क्यासिनो प्यालेस काठमाडाँै रू पाँच लाख, क्यासिनो प्यालेस झापाले रू पाँच लाख पर्यटन मन्त्रालयमा जम्मा गरेका छन् । 

प्रकाशित : २२ कार्तिक २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह