बुटवल पावर कम्पनी लिमिटेडले ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो । यसको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ ।
यस्तै, कम्पनीले लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्नेछ । यसर्थ, पुस १८ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् । अघिल्लो वर्षको नाफाबाट यस कम्पनीले ५ प्रतिशत बोनस सेयर र कर सहित ७.५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।साथै, कम्पनीले १ करोड कित्ता थप सार्वजनिक निष्कासन अर्थात, एफपीओ पनि जारी गर्ने घोषणा गरेको छ ।
प्रतिक्रिया