Logo

बैंक / बिमा /शेयर

नेपाल बैंकर्स संघमा पाँच जना नयाँ सदस्य चयन


GDP नेपाल
   ८ पुस २०८०, आइतबार


नेपाल बैंकर्स संघको शनिवार सम्पन्न साधारणसभाले ५ जना नयाँ सदस्य चयन गरेको छ ।

संघको साधारणसभाले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धर, सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाइ सदस्यमा चयन गरेको हो।

संघमा लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाह र एनआइसी एसियाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेको कार्यकाल पुरा भएको छ। कार्यकाल पुरा भई रिक्त रहेको २ स्थान र यस अघि नै रिक्त रहेको ३ स्थानमा गरि कुल ५ जना सदस्य चयन गरिएको संघले जनाएको छ।

प्रकाशित : ८ पुस २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह