युनिभर्सल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत वर्षको नाफाबाट ८.५५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
यस कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ । यता, कम्पनीले लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभा प्रयोजनको लागि यसले पुस १८ गते बुक क्लोज गर्नेछ । यसर्थ, पुस १७ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया