नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले १५औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रममा एनसीएचएलले १० वर्ष भन्दा बढी समयदेखि कम्पनीमा कार्यरत सात जना कर्मचारीहरूलाई ‘लंग सर्भिस अवार्ड’ प्रदान गरिएको थियो ।
कर्मचारीहरुलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र एनसीएचएलका अध्यक्ष रामु पौडेलले उक्त अवार्ड हस्तान्तरण गरेका थिए ।
एनसीएचएलले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र प्राविधिक सदस्यहरूबाट पछिल्लो तीन आर्थिक वर्षमा सबैभन्दा बढी डिजिटल कारोबार प्रशोधन गरेकोमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड, गुडविल फाइनान्स लिमिटेड र खल्ती प्राइभेट लिमिटेडलाई ‘हाइएस्ट डिजिटल ट्रान्जेक्शन’ अवार्ड प्रदान गरिएको थियो ।
त्यसैगरी महालेखा नियन्त्रक कार्यालयलाई एनसीएचएल प्रणाली मार्फत सरकारी कारोबारलाई डिजिटलाइजेसन गर्न खेलेको विशेष भूमिकालाई सम्मान गर्दै विशेष अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा एनसीएचएल र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) को मर्जर तथा एक्विजिसन गर्नको लागि समझदारीपत्र आदानप्रदान भएको घोषणा समेत गरिएको थियो ।
दुवै कम्पनीका मर्जर तथा प्राप्ति समिति संयोजकदोय र प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा उक्त समझदारीपत्र आदानप्रदान गरिएको थियो ।
प्रतिक्रिया