नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले १ लाख ४१ हजार १३१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्ने चाहाने इच्छुक बैंकका विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशनको ३५ दिनभित्र बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौँमा आवेदन दिन सक्नेछन् ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।
प्रतिक्रिया