Logo

बैंक / बिमा /शेयर

एभरेष्ट बैंक र बिट्सक्राफ्ट प्राइभेट लिमिटेडबीच सम्झौता


GDP नेपाल
   १९ पुस २०८०, बिहिबार


एभरेष्ट बैंकले डिजिटल भुक्तानीमा परिवर्तनकारी छलाङ मार्ने उद्देश्यले बिट्सक्राफ्ट प्राइभेट लिमिटेसँग महत्वपूर्ण सहयोगको घोषणा गरेको छ ।

बैंकका क्यूआर प्रयोगकर्ता व्यापारीका लागि ‘कोइली’को माध्यमबाट ‘इन्ट्रेस्ट भ्वाइस पेमेन्ट नोटिफिकेशन’सेवाको सुरुवात गरिएको छ । जसलाई बैंकले परिवर्तनकारी छलाङ भनेको छ ।

बैंकिङ क्षेत्रको अग्रणी एभरेष्ट बैंक निरन्तर डिजिटल कारोबारलाई आत्मसाथ गर्दै अघि बढेको छ । अत्याधुनिक इन्ट्रेष्ट अडियो पेमेन्ट नोटिफिकेशन (आईपीएन) टर्मिनल ‘कोइली’का माध्यमबाट व्यापारीले अब नेपाली, नेवारी, मैथिली, पोजपुरी र अंग्रेजीलगायतका भाषा छानेर भुक्तानी अलर्ट प्राप्त गर्न सक्ने छन् । वित्तीय स्वतन्त्रता एवं समृद्धिको बाटोमा यो रोमान्चक यात्रामा जोडिन सकिने बैंकले जनाएको छ ।

प्रकाशित : १९ पुस २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह